PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

चुरोटको बट्टाभित्र ब्राउन सुगर!



पहिलोपोस्ट

चुरोटको बट्टाभित्र ब्राउन सुगर!

काठमाडौंः  प्रहरीले प्रतिवन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला बुधवार साँझ बिर्तामोड नगरपालिका वडा नम्वर ३ सैनिक मोडमा प्रहरी चौकीबिर्ताबजारबाट खटिएको प्रहरी टोलीले भारत घर भई बिर्तामोड डेरा गरी बस्ने  ३४ वर्षिया कृष्ण रायलाई नियन्त्रणमा लिएको हो।

विषेश सुचनाको आधारमा रायको शरिर चेक  गर्दा चुरोटको बट्टामा प्लाष्टिकमा बेरिएको ६ ग्राम ५०० मिलीग्राम) ब्राउन सुगर फेला पारेको प्रहरीले जानकारी दिएको छ।

रायलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रकृया भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell