PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

विद्यालय हिंडेकी बालिका अपहरण अभियोगमा दुई जना समातिए



पहिलोपोस्ट

विद्यालय हिंडेकी बालिका अपहरण अभियोगमा दुई जना समातिए

बलेवाः विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले पक्राउ गरेको छ।

काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन्। प्रहरीले बुधबार साँझ १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर बिकलाई पक्राउ गरेको छ।

स्थानीय एक विद्यालयमा वैकल्पिक शिकाईका लागि हिँड्दै गरेकी बालिकालाई जङ्गल छेउमा सडकबाट उठाएर मोटरसाइकलमा राखेको देखेपछि स्थानीयले उद्धार गरेका थिए।

दुवैलाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले ७ दिनको म्याद थप गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए। अपहरणमा परेकी बालिका हाल परिवारको साथमा छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell