PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

युवराज खतिवडा, लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरी गर्न संसदीय सुनुवाई समितिको सूचना



पहिलोपोस्ट

युवराज खतिवडा, लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरी गर्न संसदीय सुनुवाई समितिको सूचना

काठमाडौं : सरकारले राजदूतमा सिफारिस गरेका डा युवराज खतिवडा, लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरीका लागि संघीय संसद सचिवालयको संसदीय सुनुवाई समितिले सूचना जारी गरेको छ। संसदीय सुनुवाईका लागि उक्त पदमा उनीहरु किन उपयुक्त छैनन् भन्ने सूचना उपलब्ध गराउन समितिले आह्वान गरेको हो।

सरकारले पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायत तथा डा निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत सिफारिस गरेको छ।

सिफारिसमा परेकाविरुद्ध उजुरी गर्नका लागि कार्तिक १ सम्मको समय तोकिएको छ। समितिले सबै जिल्ला प्रशासन कार्यालय तथा सार्वजनिक स्थानमा सूचना टास गर्नसमेत आग्रह गरेको छ। उजुरी दिनेले चाहेमा नाम गोप्य राख्ने समेत समितिले सूचनामा उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell