अमेरिकी उपराष्ट्रपति माइक पेन्स र सिनेटर कमला ह्यारिस बुधवार कोभिड-१९ बीचको ह्वाइट हाउसको कोभिड-१९ नियन्त्रणमा चालेको कदमका विषयमा एक अर्का माथि आरोप लगाएका छन्।
उपराष्ट्रपतिका उम्मेदवारी दिएका वर्तमान उपराष्ट्रपति पेन्स र कमलाबीच भएको पहिलो उपराष्ट्रपति डिवेटमा एक अर्कालाई आरोप लगाएका हुन्।
'अमेरिकामा अहिले अमेरिकी जनता इतिहासमै कुनै राष्ट्रपतीय प्रशासनको ठूलो असफलताको साक्षी बनेका छन्,' ह्यारिसयले भनिन्। ५५ वर्षकी भारतीय मुलकी आमा र जमाइकान मुलका बाबुबाट जन्मिएकी सिनेटर कमलाले कोभिड-१९ नियन्त्रणमा ट्रम्प असफल भएको बताइन्।
'जनवरी २८ मा उपरराष्ट्रपति र राष्ट्रपतिलाई पान्डेमिकको प्रकृतिको बारेमा जानकारी प्राप्त भएको थियो,' उनले भनिन्, 'उनीहरुलाई थाहा थियो कि के हुँदैछ। र, पनि उनीहरुले तपाईँहरुलाई भनेनन्। तपाईँले अनुमान गर्न सक्नुहुन्छ यदि तपाईँलाई जनवरी २८ मै यस विषयमा जानकारी पाउनुहुन्थ्यो भने तपाईँले कस्तो तयारी गर्नु हुन्थ्यो। तर, उनीहरुले यसलाई लुकाए।'
ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्सका प्रमुखसमेत रहेका उपराष्ट्रपति पेन्सले ट्रम्प प्रशासनको बचाउ गरे। तर, पनि उनले अमेरिका चुनौतीपूर्ण घडीमा गुज्रिएको स्वीकार भने गरे।
उनले राष्ट्रपतिले कदम नचालेको भए थप लाखौं मानिसहरुले जीवनको मूल्य चुकाउनुपर्ने अवस्था आउने थियो भनेर ट्रम्पको बचाउ गरे।
'म अमेरिकी जनतालाई यो बुझाउन चाहन्छु कि पहिलो दिनदेखि नै राष्ट्रपतिले अमेरिकाको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुभएको छ।'
