PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

अब टिकटक, म्युजिक भिडियो, चलचित्र आदि खिच्दा प्रहरीलाई जानकारी नदिए कारवाही हुने



पहिलोपोस्ट

अब टिकटक, म्युजिक भिडियो, चलचित्र आदि खिच्दा प्रहरीलाई जानकारी नदिए कारवाही हुने

काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरीको पोसाकको दुरुपयोग हुने क्रम बढेपछि कुनै पनि कार्यमा प्रहरीको पोसाक प्रयोग गर्नुपर्ने भए स्वकृति लिएरमात्र गर्न आग्रह गरेको छ।

पछिल्लो समय विभिन्न चलचित्र, टेलिचलचित्र, सागीतिक भिडियो तथा टिकटकमा समेत नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भइरहेकाले प्रहरीलाई जानकारी नदिइ प्रयोग गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो।

प्रहरी प्रधान कार्यालय नक्सालले सूचना जारी गर्दै यदि कसैले जानकारी नदिइ प्रहरीको पोसाक प्रयोग गरेर कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। सूचनामा भनिएको छ, 'प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार- प्रसार इकाइको स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन हुन समेत जानकारी गराइन्छ।'

केही दिनअघिमात्र पर्साको वीरगंज महानगरपालिका वडा १६ स्थित देव पार्टी प्यालेसमा एक पुरुषले प्रहरी इन्स्पेक्टर भन्दै लोकसेवाको परीक्षा समेत गराएका थिए। बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ चौधरी टोल बस्ने २९ वर्षीय अजयकुमार रायलाई इन्स्पेक्टरकै पोशाकमा पक्राउ परेका थिए। रायले विगत ९ महिनादेखि प्रहरीको पोसाक लगाएर प्रहरी हुँ भन्दै सक्कली प्रहरीलाई समेत झुक्याउँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell