PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

रसियन भ्याक्सिन परीक्षणको रफ्तारमा भारतको अवरोध



पहिलोपोस्ट

रसियन भ्याक्सिन परीक्षणको रफ्तारमा भारतको अवरोध

नयाँ दिल्ली : भारतको औषधि नियमन निकायले रसियामा निर्मित कोभिड १९ को खोप स्पुतनिक - फाइभलाई भारतमा बृहत रुपमा परीक्षण गर्न नदिने जनाएको छ। थोरै संख्यामा ट्रायल नगरी धेरै संख्यामा परीक्षणका लागि उसले नकारेको हो। डक्टर रेड्डीज ल्याबरोटरिजले धेरै संख्यामा परीक्षणका लागि प्रस्ताव गरेको थियो।

केन्द्रीय औषधि गुणस्तर तथा नियन्त्रण संस्थाका विज्ञहरुको छलफलले थोरै संख्यामा परीक्षण नगरी ठूलो स्तरमा सहभागी नहुने निर्णय गरेको हो। थोरै संख्यामा परीक्षण गरी उनीहरुको इम्युन सिस्टमको अध्ययन गरेरमात्र थप परीक्षण गर्न सकिने उसको भनाइ हो।

भारतको यो निर्णयले रसियाको भ्याक्सिन परीक्षणको महत्वकांक्षी रफ्तारलाई घटाएको छ। केही सातापछि भारतले संक्रमितको संख्यामा अमेरिकालाई पनि पछि पार्ने अपेक्षा गरिएको छ। 

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले स्पुतनिक - फाइभको मार्केटिङ गरिरहेको छ भने भारतमा यससँग सहकार्य डाक्टर रेड्डीज ल्याबरोटेरिजले गरिरहेको छ। ल्याबरोटरिजले भारतमा भ्याक्सिनको क्लिनकल ट्रायल र वितरणको जिम्मा लिएको हो।

ठूलो समुदायमा परीक्षण नै नगरी रसियाले भ्याक्सिन अप्रुभल गरेको छ। भ्याक्सिन प्रयोगमा स्वीकृति दिने रसिया पहिलो मुलुक हो। रसियन भ्याक्सिन कति सुरक्षित छ भन्ने विषयलाई लिएर विश्वव्यापी बहस छेडिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell