PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

आईपीएलमा पञ्जाबको चुनौती हैदाराबादलाई, दुबै टिमको आशा ब्याटिङमा



पहिलोपोस्ट

आईपीएलमा पञ्जाबको चुनौती हैदाराबादलाई, दुबै टिमको आशा ब्याटिङमा

इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज किङ्स ११ पञ्जाब र सनराइजर्स हैदराबाद भिड्दैछन्। दुबइ इन्टरनेशनल स्टेडियममा आज साँझ पौने ८ मा सुरु हुने खेलमा पञ्जाब र हैदराबाद भिड्नेछन्।

पञ्जाबले जारी सिजन पाँच खेल खेलेर एउटामा मात्र जित निकाल्न सकेको छ। त्यस्तै हैदराबादले दुई खेलमा जित र तीन खेलमा पराजय ब्यहोरेको छ। अंकतालिका पञ्जाब पुछारमा छ भने हैदराबाद छैटौं स्थानमा छ।

आईपीएलको तथ्यांकलाई हेर्दा यी टोलीबीच हालसम्म १४ खेल भएको छ जसमा हैदराबादले १० र पञ्जाबले ४ जित निकालेको छ।

पञ्जाबको देखिएको सबैभन्दा बलियो पक्ष भनेको ओपनिङ नै हो। पञ्जाबका कप्तान केएल राहुलले जारी सिजन दुई अर्धशतकीय पारी खेलिसकेका छन् भने अर्का ओपनर मयंक अग्रवालले पनि एक शतक र एक अर्धशतक प्रहार गरिसकेका छन्। त्यस्तै निकोलस पुरनले सन्तोषजनक प्रदर्शन गरिरहँदा ग्लेन म्याक्सवेल चल्न सकेका छैनन्।

राम्रो ब्याटिङ गरिरहँदा पनि बलिङ नचल्दा पञ्जाबले नतिजा राम्रो निकाल्न सकिरहेको छैन। पञ्जाबको मोहम्मद शमीलाई छाडेर अन्य बलरले निरन्तर राम्रो प्रदर्शन गर्न सकेका छैनन्। त्यसैले पञ्जाबले राजस्थान रोयल्ससँग २२३ रनको स्कोर बचाउन सकेन भने चेन्नइसँग १० विकेटको फराकिलो हार ब्यहोर्न पुग्यो।

यस्तोमा पञ्जाबले आज हैदराबादको सामना गर्दैछ। जसको शीर्ष क्रममा जोनी बेयरस्ट्रो, डेभिड वार्नर, मनिष पाण्डे, केन विलिम्सन् जस्ता खेलाडी छन्। उनीहरुले पञ्जाबको कमजोर बलिङको फाइदा उठाउने कोसिस गर्नेछन् नै।

हैदराबादले यसअघिको खेलमा मुम्बइसँग पराजय भोगेको थियो। हैदराबादको सुरुबाटै विशेषगरी मध्यक्रममा समस्या देखिन्छ। यद्यपि केन विलियमसन म्यध्यक्रममा आउँदा मध्यक्रमको समस्या पनि एक हदसम्म समाधान भएको देखिन्छ।

त्यस्तै हैदराबादका मुख्य बलरमध्येका भुवनेश्वर कुमार चोट लागेर आईपीएलबाट बाहिरिएसँगै बलिङमा समस्या हुनसक्ने देखिन्छ। टी नटराजनलाई छाडेर सन्दीप शर्मा, सिद्धार्थ कौल महँगो सावित भएका छन्। जसले गर्दा पञ्जाबसँगको खेलमा राशिद खान र टी नटराजनमाथि दवाब हुने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell