अभिनेत्री हुमा कुरेशीले सुशान्तसिंह राजपुत आत्महत्यासँग जोडिएको लागुऔषध मुद्दामा लामो हिरासतपछि रिहा भएकी रिया चक्रवर्तीसँग माफी माग्नुपर्ने बताएकी छन्।
रियालाई प्रमाणित नहुँदै दोषी देखाएर बद्नाम गर्न खोजिएको भन्दै हुमाले कडा आपत्ति जनाएकी छन्। सबैले रियासँग माफी माग्नुपर्ने उनको आह्वान छ।
सुशान्तको मृत्युलाई हत्या भनेर हल्ला फैलाउनेलाई हुमाले कारवाहीको माग पनि गरेकी छन्। ट्वीटरमा हुमाले एउटा महिलाको र परिवारको जिन्दगी आफ्नो एजेण्डा पुरा गर्नका लागि खराब गर्ने अधिकार कसैलाई नभएको पनि बताएकी छन्।
हुमाका साथै रियाको रिहाईमा तापसी पन्नू, अनुभव सिन्हाजस्ता कलाकारले स्वागत गरेका छन्। न्यायालयप्रति विश्वास बढेको उल्लेख गरेका छन्।
Everyone owes #RheaChakraborty an apology .. And there must be an investigation into people who started these murder conspiracy theories .. Shame on you for destroying a girl and her family’s life for your agendas @Tweet2Rhea
— Huma S Qureshi (@humasqureshi) October 7, 2020
