PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

पर्साका एक वडा सदस्यका छोराको घरमा प्रहरीको छापा, १३१ किलो गाँजा बरामद



राधेश्याम पटेल

पर्साका एक वडा सदस्यका छोराको घरमा प्रहरीको छापा, १३१ किलो गाँजा बरामद

वीरगंज : पर्सा प्रहरीले पर्साबाट १३१ किलो लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले पर्साका एक वडा सदस्यको छोराको घरबाट गाँजा बरामद गरेको हो।

पर्साको पटेर्वासुगौली गाउँपालिका-५ का वडा सदस्य दुखी ओझैयाका छोरा राज ओझैयाको घरबाट प्रहरीले १ सय ३१ किलो गाँजा बरामद भएको हो। पूर्व सूचनाको आधारमा प्रहरीले ४० वर्षीय ओझैयाको घरमा छापा मार्दा लुकाई छिपाई राखेको अवस्थामा १ सय ३१ किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद गाँजा र ओझैयालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ। यसअघि पनि पर्सामा जनप्रतिनिधिका छोरा लागुऔषधसहित पक्राउ परिसकेका छन्। पर्सा प्रहरीले यसअघि जिराभवानी गाउँपालिका-४ का वडा अध्यक्ष सुभाष राउत थारुका छोरा शशिकान्त चौधरीलाई प्रकाउ गरेको थियो। उनी सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरेर प्रतिबन्धत लागुऔषध ४० थान, कोटिन फ्रलेक्ट पी सीरप ८ थान र स्टाम्पो २ थान सहित प्रकाउ परेका थिए।

पछिल्लो समय पर्सा र बारामा प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गर्न सफल भएको छ। हिजो मात्रै बारा प्रहरीले ठूलो परिणाममा लागुऔषध गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell