PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

पर्साको ग्रामिण भेगबाट दुई दिनमा दुई शव फेला, दुवै शवको खुलेन पहिचान



राधेश्याम पटेल

पर्साको ग्रामिण भेगबाट दुई दिनमा दुई शव फेला, दुवै शवको खुलेन पहिचान

वीरगंज : पर्साको ग्रामिण भेगबाट दुई दिनमा दुई जनाको शव फेला परेको छ। हात र खुट्टा बाँधिएको अवस्थामा दुई जनाको शव भेटिएको छ।

बितेको दुई दिनमा पर्साको कालिकामाई गाउँपालिका र जगरनाथपुर गाउँपालिकाबाट शंकास्पद अवस्थामा एक महिला र एक पुरुषको शव बरामद भएको हो। कालिकामाई गाउँपालिका-४ गंगबोल नदीमा अन्दाजी ३४ वर्षीय महिलाको शव नग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। हात, खुँट्टा र मुख बान्धेका अवस्थामा शव फेला परेको महिलाको पहिचान खुल्न सकेको छैन।

त्यसैगरी, पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोल वडा नम्बर २ मा पनि प्रहरीले मंगलवार एउटा पुरुषको शव फेला पारेको थियो। बोरामा कसेर राखिएको अवस्थामा प्रहरीले फेला परेको शवको पनि पहिचान खुल्न सकेको छैन।

नहरमा बगेर आएको शवका बारेमा नजिकैको गाउँहरुमा सोधपुछ तथा हुलिया पहिचान गराइएपनि कसैले चिन्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। दुवै शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगंन्जमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell