PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश १ मा एकैदिन थपिए ४११ संक्रमित, ४५८ जना डिस्चार्ज



फूलमाया पुरी

प्रदेश १ मा एकैदिन थपिए ४११ संक्रमित, ४५८ जना डिस्चार्ज

विराटनगर : प्रदेश १ मा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन तीब्र गतिमा बढ्दै गएको छ। बिहीवार मात्रै ४११ जना कोरोना संक्रमित थपिएका छन्। जुन दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो।

पछिल्लो समय प्रदेश १ को मोरङ र सुनसरीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।

बिहीवार प्रदेश १ को मोरङमा १७४ र सुनसरीमा १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २/२, धनकुटा, खोटाङ, संखुवासभा, तेह्रथुममा १/१ जना र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा मात्र १०० जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ३४ महिला र ६६ पुरुष रहेका छन्।

त्यस्तै, रंगेलीमा ४ महिला र ८ पुरुष, बेलबारीमा ३ महिला र ६ पुरुष, उर्लाबारीमा ३ महिला र ५ पुरुष, बुढीगंगामा २ महिला र ५ पुरुष, लेटाङमा ५ महिला र २ पुरुष, सुन्दरहरैचामा ३ महिला र २ पुरुष, कटहरीमा २ महिला र ३ पुरुष, धनपालथानमा ४ महिला र २ पुरुष, केराबारीमा ३ पुरुष, पथरीशनिश्चरेमा १ महिला र २ पुरुष, कानेपोखरीमा १ महिला र १ पुरुष, सुनबर्षीमा २ पुरुष, जहदामा १ पुरुष, जहदामा १ महिला र स्थानीय तह नखुलेका १ महिला र ३ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

यता सुनसरीको इटहरीमा २८ महिला र ४० पुरुष, धरानमा २४ महिला र २८ पुरुष, दुहवीमा २ महिला र १० पुरुष, रामधुनीमा ६ पुरुष, इनरुवामा १ महिला र ४ पुरुष, गढीमा २ महिला र १ पुरुष, बराहक्षेत्रमा १ महिला र २ पुरुष, भोक्राहानरसिंहमा २ पुरुष, बर्जु र देवानगञ्जमा १/१ पुरुष र स्थानीय तह नखुलेका १ पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरी, झापाको मेचीनगरमा ४ महिला र ७ पुरुष, भद्रपुरमा २ महिला र ७ पुरुष, दमकमा ५ महिला र १ पुरुष, विर्तामोडमा १ महिला र ३ पुरुष, हल्बिारी, अर्जुनधारा र बाह्रदशीमा १/१ पुरुष, शिवसताक्षीमा १ महिला र स्थानीय तह नखुलेका १ महिला र १ पुरुष पनि आजै संक्रमित भएका छन्।

उदयपुरको बेलकामा ४ महिला र ७ पुरुष, त्रियुगामा ३ महिला, चौदण्डीगढीमा १ महिला र १ पुरुष, उदयपुर गढीमा १ पुरुष र स्थानीय तह नखुलेका १ महिला र १ पुरुष, भोजपुरमा २ पुरुष, इलामको माईमा १ पुरुष, सन्दकपुरमा १ महिला, ताप्लेजुङको पुङलिङमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुष, खोटाङमा १ पुरुष, तेह्रथुमा १ पुरुष, संखुवासभाको चैनपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ५ महिला र ११ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बिहीवार ४५८ जना डिस्चार्ज भएका छन्। बिहीवार होम आईसोलेसनबाट ४२१, जिल्ला अस्पताल संखुवासभामा २१, विरा मेडिकल कलेजबाट १६ जना डिस्चार्ज भएका हुन्।

प्रदेश १ मा बिहीवार १ हजार ६६१ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १५८ महिला र २५३ पुरुषको पोजिटिभ रिपोर्ट आएको हो।

हालसम्म १ लाख ३२ हजार ३३१ जनाको पीसीआर परीक्षण गरिएकोमा कोरोना संक्रमितका संख्या ८ हजार ८५७ पुगेको छ। हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ हजार ६६२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell