PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

सुदूरपश्चिम प्रदेशमा बिहीवार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



एम बम

सुदूरपश्चिम प्रदेशमा बिहीवार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा बिहीवार थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय २० जनाको कोरोना परीक्षण गर्दा थप ४१ जनामा संक्रमण पुष्टि भएको सम्बन्धित प्रयोगशालाहरूले जनाएका छन्।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय १३ जनाको कोरोना परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले दिएको जानकारी  अनुसार बिहीवार धनगढी उप-महानगरपालिकाका १२ जना, गोदावरी नगरपालिकाका ६ जना र गौरीगंगा नगरपालिकाका एक जना गरी कैलालीका १९ र कञ्चनपुरका पाँच जनामा संक्रमण पुष्टि भएको हो।

कञ्चनपुरको वेद कोट नगरपालिकाका चार जना र महाकाली नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको उनले बताए।

यस्तै, डोटीमा गरिएको परीक्षणमा १० जनामा भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७४ जनाको कोरोना परीक्षण भएकोमा १० जनालाई संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज सौरभ श्रेष्ठले अछामको साँफेबगर नगरपालिकाका ६ पुरुष र ४ महिला गरी १० जनामा कोरोना पुष्टि भएको बताए।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय २९ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि भएको छ।

डडेल्धुराका कोभिड-१९ सम्पर्क व्यक्ति हरि भट्टले बिहीवार गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको बताए। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको सङ्ख्या ८ हजार ४१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell