PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

जग्गा किन्ने बहानामा आएका लुटेराको कुटपिटबाट एक जनाको उपचारको क्रममा मृत्यु



रासस

जग्गा किन्ने बहानामा आएका लुटेराको कुटपिटबाट एक जनाको उपचारको क्रममा मृत्यु

भक्तपुर : जग्गा किन्ने बहानामा आएका दुई लुटेराको कुटपिटबाट जग्गा देखाउन गएका एक जनाको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका-८ सुडालमा जग्गा हेर्न आएका दुई जनाले कुटपिट गर्दा बिहीवार स्थानीयवासी ६१ वर्षीय चन्द्रकुमार योञ्जनको मृत्यु भएको हो।

बुधवार साँझ भएको कुटपिटबाट गम्भीर घाइते योञ्जनलाई मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ग्रिनसिटी अस्पताल रिफर गरिएको र उपचारका क्रममा बिहीवार मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापाले जानकारी दिइन्।

कुटपिट गर्ने अपरिचित व्यक्तिले योञ्जनलाई घाइते बनाएर साढे दुई तोलाको सुनको सिक्री लुटेर लगेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ। कुटपिटपछि फरार दुई व्यक्तिको खोजी एवं अनुसन्धान भइरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell