PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

तुलसीपुर उपमहानगर प्रमुखलाई कोरोना संक्रमण पुष्टि, एक साताका लागि कार्यालय बन्द



रासस

तुलसीपुर उपमहानगर प्रमुखलाई कोरोना संक्रमण पुष्टि, एक साताका लागि कार्यालय बन्द

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा उनलाई संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

तुलसीपुरमा बिहीवार मात्रै २१ जना संक्रमित थपिएको फोकल पर्सन केसीले बताए। यसैबीच नगरप्रमुख पाण्डेसहित कर्मचारीमा संक्रमण पुष्टि भएपछि उपमहानगरपालिका सहित सबै वडा कार्यालय एक साताका लागि बन्द हुने भएका छन्।

कार्यवाहक नगरप्रमुख माया शर्माको अध्यक्षतामा बिहीवार बसेको आपत्कालिन बैठकले असोज २९ गतेसम्मका लागि उपमहानगरपालिकाले प्रदान गर्दै आएका अत्यन्त आवश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो। त्यस्तै, कर्मचारीमा कोरोना पुष्टि भएपछि भूमि सुधार तथा मालपोत कार्यालय पनि बन्द गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell