PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रधानमन्त्रीलाई ऋचा शर्माको खुलापत्र



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई ऋचा शर्माको खुलापत्र

बलात्कारको घटना दैनिक बढ्दै जाँदा बालिका, किशोरी एवं महिलाको सुरक्षा बारे प्रश्न उठिरहेका छन्। सेलिब्रेटीदेखि आम मानिस सामाजिक सञ्जालमा वहस गरिरहेका छन्।

यसै विषयमा अभिनेत्री एवं फिल्म निर्माता ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेकी छिन्। फेसबुकमा उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै नेपालमा महिलाहरू सुरक्षित नभएको बताएकी छिन्। राष्ट्रपति महिला भएको देशमा बलात्कार जस्तो जघन्य अपराधलाई कानून कार्यान्वयन गर्नुपर्ने निकायहरूले सामान्य ढङ्गमा लिएको देख्दा आफू अझै सीताले अग्नि परिक्षा दिएको युगमा भएको महसुस गरेको बताएकी छिन्।

लेखेकी छिन्,’यो ठाउँमा छोरी जन्माउन सुरक्षित छैन। छोरा जन्माउन पनि डर लागेको छ। जति संस्कार र अनुशासन सिकाउन खोजे पनि यो देश र यहाँको कानूनले केही नगर्ने रहेछ भन्ने मनस्थिति हुर्किने पीर पर्न थालेको छ।‘

पत्रमा उनले नेपालीहरू प्रविधिको हिसाबले विकसित भए पनि सोंचले पिछडिएको बताएकी छिन्। प्रधानमन्त्रीलाई जनताको नभए पनि एकचोटी परिवारका छोरी-नातिनीको सुरक्षा बारे सोच्न आग्रह गरेकी छिन्। 

आदरणीय प्रधानमन्त्री ज्यू, एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न...

Posted by Reeccha Sharrma on Thursday, October 8, 2020

ऋचा सामाजिक सञ्जालमा सक्रिय छिन् र सामाजिक मुद्धाहरूमा आफ्नो धारणा राख्छिन्। हालै स्वास्थ्य सेवा र शिक्षामा सुधारको माग राख्दै अनशनरत् डाक्डर गोविन्द केसीको समर्थनमा पनि अगाडि देखिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell