PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

ओपनिङ जम्दा हैदराबादले पञ्जाबलाई दियो २ सय २ रनको लक्ष्य, शतक बनाउन तीन रनले चुके बेयरस्टो



पहिलोपोस्ट

ओपनिङ जम्दा हैदराबादले पञ्जाबलाई दियो २ सय २ रनको लक्ष्य, शतक बनाउन तीन रनले चुके बेयरस्टो
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज जारी खेलमा सनराइजर्स हैदराबादले किंग्स ११ पञ्जाबलाई  २०२ रनको लक्ष्य दिएको छ। दुबई इन्टरनेसनल स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०१ रन बनाएको हो। 

हैदराबादको ओपनिङ जम्दा उत्कृष्ट सुरुवात गरेको थियो। ९७ रन जोडेका जोन्नी बेयरस्टो शतक बनाउन चुके। त्यस्तै अर्का ओपनर तथा कप्तान डेभिड वार्नरले ५२ रन जोडे। आईपीएलमा सर्वाधिक अर्धशतक बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका वार्नरको यो ४५ औं अर्धशतक हो।

त्यस्तै केन विलियमसनले १८ रन अभिजित रन जोडे। त्यस बाहेकका ब्याट्सम्यानहरु खास जम्न सकेनन्।

उता पञ्जाबका लागि रबि विस्नोइले सर्वाधिक ३ विकेट लिँदा अस्रदीप सिंहले २ र मोहम्मद समीले १ विकेट लिए। 

पञ्जाब केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell