PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

नेपाल एयरलाइन्सको महाप्रबन्धकमा पौडेल नियुक्त



पहिलोपोस्ट

नेपाल एयरलाइन्सको महाप्रबन्धकमा पौडेल नियुक्त

काठमाडौँः नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रसाद पौडेल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। 

चाटर्ड एकाउन्टेन्ट रहेका पौडल नियमको सञ्चालक समिति सदस्य थिए। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्तावमा पौडेललाई महाप्रबन्धक नियुक्त गरिएको हो।  

निगममा महाप्रबन्धकको पद करिब डेढ वर्षदेखि रिक्त रहेको थियो। महाप्रबन्धकको सट्टा कार्यकारी अधिकारको जिम्मेवारी अध्यक्षलाई दिइएको थियो। 

सरकारले गठन गरेको वायुसेवा निगम सुधारका लागि गठित सुझाव कार्यदलमा पौडेल सदस्य रहेका थिए। यसअघि उनले विभिन्न कम्पनीहरुको व्यवस्थापन तहमा बसेर काम गरिसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell