PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

पर्यटन सचिव अधिकारीले पाए अवकाश, बस्नेतलाई निमित्तको जिम्मेवारी



पहिलोपोस्ट

पर्यटन सचिव अधिकारीले पाए अवकाश, बस्नेतलाई निमित्तको जिम्मेवारी

काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी सेवाबाट अवकाश पाएका छन्।

२०७२ असोज २३ गते सचिव पदमा बढुवा भएका अधिकारीले अनिवार्य अवकाश पाएका हुन्। आफ्नो पाँच वर्षे कार्यकालमा अधिकारीले सचिवका रूपमा पर्यटन मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका थिए।

अवकाशप्राप्त सचिव अधिकारीलाई बिदाई गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले कुशल प्रशासकको रुपमा स्थापित अधिकारीले आफ्नो मन्त्रालयको जिम्मेवारीमा रहँदा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका निम्ति गरेको समन्वय र सहयोगकारी भूमिकाको प्रशंसा गरे। उनले आफ्नो संसदीय भूमिका तथा मन्त्रीको अनुभवसमेत पहिलो भएकाले सचिवबाट धेरै सहयोग मिलेको बताए।

सचिव अधिकारीले आफ्नो कार्यकालमा मन्त्री भट्टराईले सधै सकारात्मक सहयोग गरेको बताए। पर्यटन मन्त्रालयको सहसचिव लक्ष्मीकुमारी बस्नेतलाई निमित्त सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell