PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

आईपीएलमा हैदराबादको तेस्रो जित, पुरनको अर्धशतकले टारेन पञ्जाबको हार



पहिलोपोस्ट

आईपीएलमा हैदराबादको तेस्रो जित, पुरनको अर्धशतकले टारेन पञ्जाबको हार
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार भएको खेलमा सनराइजर्स हैदराबादले किंग्स ११ पञ्जाबलाई हराएको छ। दुबई इन्टरनेसनल स्टेडियममा भएको खेलमा हैदराबादले पञ्जाबलाई ६९ रनले पराजित गरेको हो।

२०२ रनको लक्ष्य पछ्याएको पञ्जाब १६ दशमलव ५ ओभरमा अलआउट हुँदै १३२ रनमा समेटियो।

पञ्जाबका लागि निकोलस पुरनले सर्वाधिक ७७ रन बनाए। उनी जारी सिजनमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी समेत बनेका छन्। उनले १७ बलमै अर्धशतक बनाएका हुन्।

पुरनबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय खेल प्रदर्शन गर्न सकेनन्। कप्तान केएल राहुल ११ रनमा आउट हुँदा सिमरन सिंहले पनि ११ रन नै जोडे। अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्।

हैदराबादका लागि रासिद खानको बलिङ उत्कृष्ट रह्यो। उनले चार ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। त्यस्तै, खलील अहमेद र टी नटराजनले २/२ तथा अभिषेक शर्माले १ विकेट लिए।

यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०१ रन बनाएको थियो।

हैदराबादको ओपनिङ जम्दा उत्कृष्ट सुरुवात गरेको थियो। ९७ रन जोडेका जोन्नी बेयरस्टो शतक बनाउनबाट चुके। त्यस्तै, अर्का ओपनर तथा कप्तान डेभिड वार्नरले ५२ रन जोडे। आईपीएलमा सर्वाधिक अर्धशतक बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका वार्नरको यो ४५औँ अर्धशतक हो।

त्यस्तै, केन विलियमसनले १८ रनमा नटआउट रहे। त्यस बाहेकका ब्याट्सम्यानहरु खासै जम्न सकेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell