PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

राष्ट्रपति ट्रम्प सार्वजनिक समारोहमा जान फिट भएको डाक्टरको दावी, ट्रम्पले भने : भर्चुअल डिबेटमा समय खेर फाल्दिन



पहिलोपोस्ट

राष्ट्रपति ट्रम्प सार्वजनिक समारोहमा जान फिट भएको डाक्टरको दावी, ट्रम्पले भने : भर्चुअल डिबेटमा समय खेर फाल्दिन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ को उपचार प्रकृया पूरा गरेका छन्। चिकित्सकका अनुसार ट्रम्प अब सार्वजनिक समारोहहरुमा उपस्थित हुन फिट भएका छन्।

डाक्टर सेन कोनलोले राष्ट्रपतिमा औषधिले राम्रोसँग काम गरेको बताउँदै उनको अवस्था स्थिर बनाएको बताए। 

भर्चुअल रुपमा बहस हुने बताएपछि आउँदो बिहीवारका लागि तय भएको डेमोक्रेटिक पार्टीका उम्मेदवार जोय बिडेनसँगको टेलिभिजन बहसमा ट्रम्पले सहभागिता नजनाउने बताइसकेका छन्। उनको यस्तो अभिव्यक्तिसँगै अब बहस कहिले र कसरी हुन्छ भन्ने यकिन छैन। 

ह्वाइट हाउसले हिजो जारी गरेको मेमोमा डाक्टर कोनलेले भनेका छन् - विरामी भइरहेको संकेत ट्रम्पमा देखिएको छैन। 

शनिवार उपचारको १० औं दिन हुने उल्लेख गर्दै उपचारमा संलग्न टिमले परीक्षण गर्दा राष्ट्रपतिको सार्वजनिक समारोहमा उपस्थिति सुरक्षित रहेको दावी मेमोमा गरिएको छ। 

यसअघि डाक्टर कोनलेले राष्ट्रपतिको अवस्था बिग्रिएन अथवा सामान्य सुधार देखियो भने आनन्दित हुने बताएका थिए। 

आगामी १५ अक्टोबरमा मियामीमा दोस्रो राष्ट्रपतीय डिबेट अभौतिक रुपमा हुने बताइएको थियो। ट्रम्पमा कोरोना भाइरस देखिएकाले उनलाई बहसमा प्रत्यक्ष सहभागी नगराउने कमिसनको तयारी थियो। 

त्यसको जवाफमा ट्रम्पले 'भर्चुअल बहसमा गएर समय खेर नफाल्ने' टिप्पणी गरेका थिए। यस आधारमा २२ अक्टोबरमा हुने बहसको सम्भावना भने जिवित नै रहेको छ। 

२९ सेप्टेम्बरमा पहिलो राष्ट्रपतिका उम्मेदवारबीच बहस भएको थियो जसमा आलोचनाका शब्दहरु वर्षेका थिए। 

हिजो पाइक पेन्स र कमला ह्यारिसबीच उप राष्ट्रपति बहस भएको थियो। 

नोभेम्बर ३ मा अमेरिकामा निर्वाचन हुँदैछ। ओपिनियन पोलहरुले बिडेनलाई बलियो देखाएको छ तर यी दुईबीच चर्को प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell