काठमाडौं : विश्वकप क्वालिफायर्स अन्तर्गत आज भएको खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि संघर्षपूर्ण जित निकालेको छ। ला बोमबोनेरा स्टेडियममा भएको खेलमा घरेलु टोली अर्जेन्टिनाले इक्वेडरमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।
अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले निर्णायक गोल गरे। उनले खेलको १३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका हुन्। लुकास ओकाम्पसलाई इक्वेडरका खेलाडीले पेनाल्टी एरिया भित्र फउल गरेपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गरेका थिए। जुन अर्जेन्टिनाको जितका लागि निर्णायक बन्यो। जितसँगै विश्वकप छनोटको खेलमा अर्जेन्टिनाले सुखद सुरुवात गरेको हो।
अर्जेन्टिनाले अर्को खेल यही १४ तारिखमा बोलिभियासँग खेल्ने छ।
