PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

जनप्रतिधिलाई धम्काएको भन्दै गुन्डा नाइके 'राधे' फेरि समातिए



पहिलोपोस्ट

जनप्रतिधिलाई धम्काएको भन्दै गुन्डा नाइके 'राधे' फेरि समातिए

काठमाडौं : गुन्डा नाइकेको रूपमा परिचित राधे भनिने राधाकृष्ण भण्डारी फेरि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङले बिहिबार गुन्डा नाइके राधेलाई नियन्त्रणमा लिएको हो। बिहीवार गुन्डा नाइके राधेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिए। 'विभिन्न मानिसलाई धम्काएको भन्ने उजुरी परेपछि नियन्त्रणमा लिएर कारबाही सुरु गरेका छौं,' एसपी खड्काले भने।

उनले धादिङको सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएको प्रहरीले जानकारी दिएको छ। ठेक्कापट्टाको विषयमा म्याद सकिए पनि राधेले काम गरिरहेकाले नगर्न भनेपछि धम्की दिएको खुलेको छ।' गिट्टी बालुवाको विषयमा उसको म्याद सकिएपछि पनि उत्खनन् गरेपछि नगर्नु भनेर जनप्रतिनिधिले भन्दा धम्की दिएको भन्ने छ,' एसपी खड्काले भने।

यसअघि पनि राधे २०७६ जेठमा राधे समूहले गाउँमा ग्याङफाइट गरेको अभियोगमा पक्राउ परेका थिए। त्यस्तै विभिन्न अभियोगमा उनी पक्राउ पर्दै जेल जादैं फर्किने गरेको क्राइम रेकर्ड रहेको छ।

प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी 'चरी'माथि २०७० असार २१ मा गोली प्रहार गरेपछि केही समय उनी जेल परेका थिए। राधे तरुण दल धादिङका जिल्ला उपाध्यक्षसमेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell