PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

परराष्ट्र सचिवमा पौड्याल नियुक्त



पहिलोपोस्ट

परराष्ट्र सचिवमा पौड्याल नियुक्त

काठमाडौं: परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याल नियुक्त भएका छन्।

मन्त्रालयमा सहसचिव पदमा कार्यरत पौड्याललाई सरकारले सचिवमा बढुवा गरेको हो। परराष्ट्र सचिव शंकरदास वैरागीलाई सरकारले केही दिनअघि मुख्य सचिवमा नियुक्त गरिसकेको छ।

वैरागीको नियुक्तिपछि पौड्यालले कार्यबाहक सचिवको जिम्मेवारी सम्हालिरहेका थिए। वरिष्ठताका आधारमा उनलाई सचिवमा बढुवा गरी जिम्मेवारी दिइएको हो।

पाकिस्तानका लागि नेपाली राजदूत भइसकेका पौड्यालले परराष्ट्रको प्रवक्ताका रुपमा काम गरिरहेका थिए। हाल प्रवक्ता सेवा लम्साललाई तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell