PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

हराएको मोटरसाइकल भेटिएपछि हेर्नुस दंग सवारी धनीहरु

हराएको मोटरसाइकल भेटिएपछि हेर्नुस दंग सवारी धनीहरु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रहरीले विभिन्न समयमा हराएका मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्वन्धित धनीलाई बुझाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले हराएका २६ वटा मोटरसाइकल तथा स्कुटर खोजी गरी बुझाएको हो। शुक्रवार महाशाखाका एसएसपी भीमप्रसाद ढकालले फेला परेका मोटरसाइकल सम्वन्धित धनीलाई बुझाएका हुन्। सादा पोशाकमा खटिएका प्रहरीले मोटरसाइकल फेला पारेको एसएसपी ढकालले बताए।

काठमाडौं उपत्यकाभित्रका नयाँ बसपार्क, ठमेल, सूर्य विनायक, गौशाला, सानेपा, जोरपाटी, छाउनी, बालाजु, जडिबुटी लगायत क्षेत्रबाट सवारी साधन हराएका थिए। प्रहरीले फेला पारेका मोटरसाइकलमा केहीमा नम्वर प्लेट अरु नै राखेर भेटिएको छ। यसरी भेटिएका मोटरसाइकलमा पल्सर,  डिस्कभर, रोयल इन्फिल रहेका छन्। त्यस्तै स्कुटरमा भने डिओ, भेष्पा, एभिएटर लगायत रहेको एसएसपी ढकालले जानकरी दिए।

एकान्त ठाउँमा राखिएका, घरको गेट बाहिर राखिएका, अस्पताल क्षेत्रबाट मोटरसाइकल चोरी भएका थिए। अब भने सवारी साधन हराएमा घरमा नै बसेर समेत उजुरी दिन सक्ने व्यवस्था गरेको छ। मोटरसाइकल पाएपछि सवारी धनीहरु निकै खुसी देखिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell