PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

एकै पर्दामा देखिँदै अमिताभ बच्चन, दीपिका पादुकोण र प्रभास



पहिलोपोस्ट

एकै पर्दामा देखिँदै अमिताभ बच्चन, दीपिका पादुकोण र प्रभास

बलिउड मेगास्टार अमिताभ बच्चन दीपिका पादुकोण र प्रभास एकसाथ पर्दामा देखिने भएका छन्। नाग अश्विनको निर्देशन रहने तेलेगु फिल्ममा दीपिका र प्रभाष यसअघि नै अनुबन्धित थिए। अमिताभ पनि उक्त फिल्ममा देखिने बारे शुक्रवार घोषणा भयो।

सामाजिक सञ्जालमार्फत् उक्त घोषणा भएको हो। व्याजयन्थी मुभिजको आधिकारिक ट्वीटरमा लेखिएको छ,’करोडौं भारतीयको मुटुमा रहेका अमिताभ बच्चनलाई हामी फिल्ममा स्वागत गर्दछौं। हाम्रो यात्रा अझै बृहत् बन्दैछ।‘  फिल्म निर्माण कम्पनी व्याजयन्तीको ५० औं वर्ष पूरा भएको उपलक्ष्यमा उक्त घोषणा भएको जनाइएको छ।

अमिताभ बच्चनले ट्वीट गर्दै एक ऐतिहासिक भेन्चरमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेका छन्। उनी हाल ‘कोन बनेगा करोडपति’ मा व्यस्त छन्।

निर्देशक अश्विनले फिल्म सन् २०२१ को अन्त्य सम्ममा सार्वजनिक हुने जनाएका छन्।

दीपिका तामिल फिल्म ‘कोचादैयाँ’मा पनि अनुबन्धित छिन्। हाल भने उनी शकुन बात्राको नयाँ फिल्म छायाँकनका लागि गोवामा छिन्। प्रभास हाल इटालीमा छन्। राधा कृष्ण कुमारको ‘राधे श्याम’को छायाँकन भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell