PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

नोबेल शान्ति पुरस्कार राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई



पहिलोपोस्ट

नोबेल शान्ति पुरस्कार राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई

यस वर्षको नोबेल पुरस्कार संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (यूएन डब्लूएफपी)लाई प्रदान गरिने घोषणा गरिएको छ।

भोकमरीविरुद्ध लडाईको प्रयासका लागि विश्व खाद्य कार्यक्रमलाई नोबेल पुरस्कार २०२० बाट पुरस्कृत गर्ने निर्णय भएको हो।

‘डब्लूएफपीले भोकलाई युद्ध र द्दवन्द्वको हतियारको रुपमा प्रयोग गरिने कार्य रोक्नका लागि योगदान पुर्‍याएको छ’, नर्बेजियन नोबेल कमिटीले ट्वीट गरेको छ।

कार्यक्रमका प्रवक्ताले पुरस्कृत हुनुलाई ‘गर्वको क्षण’ भएको बीबीसीसँग बताएका छन्।

१०१ औं नोबेल शान्ति पुरस्कारको राशी ११ लाख अमेरिकी डलर रहेको छ।

सन् २०१९ मा इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीले नोबेल शान्ति पुरस्कार पाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell