PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

संक्रमितहरु आइसाेलेसनमा नबसी बाहिर हिँडे ६ महिना जेल : स्वास्थ्य मन्त्रालय



पहिलोपोस्ट

संक्रमितहरु आइसाेलेसनमा नबसी बाहिर हिँडे ६ महिना जेल : स्वास्थ्य मन्त्रालय

काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमण भएका व्यक्तिहरु आइसाेलेसनमा नबसी बाहिर हिँडेको पाइए कारबाही गरिने बताएको छ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोभिड-१९ पोजिटिभ देखिएका व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडेको जानकारी आएको बताउँदै त्यस्तो थाहा पाए जानकारी गराउन आग्रह गरे।

आइसोलेसनमा नबस्ने व्यक्तिहरुलाई संक्रामक रोग एन अनुसार ६ महिना जेल सजाय हुने गौतमको भनाई छ।

'पोजेटिभ आएको व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडेको छ र कसैको सम्पर्कमा आएको छ भने संक्रामक रोग ऐनअनुसार ६ महिना जेल सजाय हुने व्यवस्था छ,' प्रवक्ता गौतमले भने, 'हामीले गृह मन्त्रालयसँग र जिल्ला प्रशासन कार्यालयलाई आइसोलेशनमा नबस्ने व्यक्तिहरुलाई पक्राउ गरेर कारबाही गर्न अनुरोध गरेका छाैं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell