PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

५६ जिल्लामा कोभिड-१९ का संक्रमित थपिए, दुई तिहाई संक्रमित उपत्यकामै



पहिलोपोस्ट

५६ जिल्लामा कोभिड-१९ का संक्रमित थपिए, दुई तिहाई संक्रमित उपत्यकामै

काठमाडौं : पछिल्लो २४ घण्टामा ५६ जिल्लामा थप कोभिड-१९ का संक्रमित पहिचान भएका छन्।

पछिल्लो २४ घण्टामा भएको १३ हजार २७९ नमुना परीक्षणका क्रममा ७३२ महिला र एक हजार ३२७ पुरुष गरी दुई हजार ५९ जना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

जुन कुल परीक्षणको १५.५ प्रतिशत अर्थात ६.४४ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा संक्रमितको संख्या एक लाख नाघेको छ। हालसम्म नेपालमा एक लाख ६७६ जनामा संक्रमण पुष्टि भएको छ।

उपत्यकामा १४०९

यसैबीच, पछिल्लो २४ घण्टामा एक हजार ४०९ जनामा संक्रमण पुष्टि भएको छ। जुन कुल संक्रमितको ६८.४३ प्रतिशत हो।

काठमाडौं जिल्लामा मात्र ४०९ महिला र ७०७ पुरुष गरी एक हजार ११६ जना संक्रमित पहिचान भएका छन्। त्यस्तै, भक्तपुर जिल्लामा ५७ महिला र ७३ पुरुष गरी १३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयलको तथ्यांकमा उल्लेख छ। त्यस्तै, ललितपुर जिल्लामा ६१ महिला र १०२ पुरुष गरी १६३ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा वाग्मती प्रदेशमा मात्र एक हजार ६१९ जना संक्रमित पहिचान भएका छन्। त्यस्तै, लुम्बिनी प्रदशेमा १४०, प्रदेश १ मा १२८ र गण्डकी प्रदेशमा ८२ जना संक्रमित पहिचान भएका छन्।

प्रदेश २ मा ६४, कर्णालीमा २० र सुदूरपश्चिममा ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell