PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

दामी म्यूजिक एपमा निर्मला पन्तको जीवनमाथि बनेको फिल्म



पहिलोपोस्ट

दामी म्यूजिक एपमा निर्मला पन्तको जीवनमाथि बनेको फिल्म

काठमाडौं : निर्मला पन्तको जीवनमा आधारित फिल्म ‘कोपिला’ डिजिटल प्ल्याटफर्ममार्फत् रिलिज भएको छ। शुक्रवार दामी म्यूजिक एपमार्फत् फिल्म रिलिज भएको हो।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि बनेको फिल्मको एपको मोबाइल थिएटरमा ४ सो उपलब्ध छ। शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा कलाकारहरु गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायतको अभिनय रहेको छ।

‘कोपिला’मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति देखाइएको छ। फिल्ममा रामेश्वर कार्कीको छायांकन, दिपक शर्माको संगीत र समिर मियाँको सम्पादन रहेको छ।

दामी म्यूजिकले हरेक साता एक नेपाली फिल्म ‘फ्राइडे रिलिज’ गराउँदै आएको छ।

फिल्म हेर्न दर्शकले ७५ रुपैयाँ तिर्नु पर्छ। एक पटक टिकट काटिसकेपछि ७२ घण्टाभित्र फिल्म हेर्नुपर्नेछ।

फिल्म हेर्न दर्शकले दामी म्यूजिक एप डाउनलोड गरी आफूलाई मन परेको फिल्म इसेवा, खल्ती, आइएमई पे साथै र एनसेल तथा नमस्तेको सिमबाट पनि हेर्न सक्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell