PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मोरङका २३० जनासहित प्रदेश १ मा ४८५ संक्रमित थपिए, संक्रमितको संख्या ९ हजार नाघ्यो



फूलमाया पुरी

मोरङका २३० जनासहित प्रदेश १ मा ४८५ संक्रमित थपिए, संक्रमितको संख्या ९ हजार नाघ्यो

विराटनगर : प्रदेश १ मा शुक्रवार ४८५ जना कोरोना संक्रमित थपिएका छन्। मोरङका २३० सहित प्रदेशभर शुक्रवार थपिएका संक्रमितको दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो। यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ हजार ३४१ पुगेको छ।

शुक्रवार मोरङमा मात्र २३० र सुनसरीमा १४३ जना संक्रमित थपिएका छन्। त्यस्तै, झापामा ३३, इलाममा १०, धनकुटामा ७, संखुवासभामा ६, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा ४/४, खोटाङमा २, तेह्रथुम र ओखलढुङ्गामा १/१ र प्रदेश १ बाहिरका ३९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा एकैदिन १५२ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५१ महिला र १०१ पुरुष रहेका छन्। त्यस्तै, सुन्दहरैचामा ४ महिला र १४ पुरुष, जहदामा ३ महिला र ११ पुरुष, बुढीगंगामा ६ महिला र ७ पुरुष, कानेपोखरीमा २ महिला र ७ पुरुष, ग्रामथानमा १ महिला र ६ पुरुष, कटहरीमा ३ महिला र ३ पुरुष, रतुवामाईमा १ महिला र २ पुरुष, पथरीशनिश्चरे र उर्लाबारीमा २/२ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, लेटाङमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

यता सुनसरीको धरानमा २७ महिला र ३३ पुरुष, इटहरीमा २४ महिला र ३५ पुरुष, इनरुवामा २ महिला र ४ पुरुष, हरिनगरमा ३ पुरुष, गढी, दुहवी र बर्जुमा २/२ पुरुष, बराहक्षेत्रमा १ महिला र १ पुरुष, देवानगञ्जमा २ महिला, भोक्राहा नरसिंहमा १ पुरुष र स्थानीय तह नखुलेका ४ पुरुष, झापाको भद्रपुरमा १ महिला र १४ पुरुष, मेचीनगरमा ४ महिला र ३ पुरुष, दमक र विर्तामोडमा ४/४ पुरुष, गौरीगञ्ज, कनकाई र स्थानीय तह नखुलेका १/१ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरी, इलामको इलाम नगरपालिकामा ७ पुरुष, सुर्योदय, चुलाचुली र स्थानीय तह नखुलेका १/१ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला र ५ पुरुष, महालक्ष्मीमा १ पुरुष, संखुवासभाको सभापोखरीमा २ पुरुष, खाँदबारीमा १ पुरुष, चैनपुरमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, कटारीमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष पनि शुक्रवार संक्रमित भएका छन्।

उता भोजपुरको भोजपुर र आमचोकमा १/१ पुरुष, टेम्केमैयुङमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुष, ताप्लेजुङमा १ महिला र ३ पुरुष, खोटाङको दिक्तेलरुपाकोट मझुवागढी र स्थानीय तह नखुलेका १/१ पुरुष, तेर्‍हथुमको लालीगुराँसमा १ पुरुष, ओखलढुङ्गाको चिशंखुगढीमा १ पुरुष र प्रदेश १ बाहिरका ११ महिला र २८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शुक्रवार ११३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन्। हालसम्म ४ हजार ७७४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शुक्रवार २ हजार ४४३ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १४९ महिला ३३६ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। हालसम्म १ लाख ३४ हजार ७७३ जनाको परीक्षण गरीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell