PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमण भुलाउने काठमाडौं उपत्यकाको भीड

तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमण भुलाउने काठमाडौं उपत्यकाको भीड

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपालमा शुक्रवार मात्रै कोरोना भाइरसका संक्रमितको संख्या १ लाख पार गरेको छ। शुक्रवार ७३२ महिला र एक हजार ३२७ पुरुष गरी दुई हजार ५९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ६७६ पुगेको हो।

प्रत्येक दिन तीव्र रुपमा संक्रमितको संख्या बढिरहँदा उपत्यकामा भिडभाड पनि निकै बढिरहेको छ। दशैँतिहार लगायतका चाडपर्व नजिकिएसँगै पनि यहाँ सानो ठूला बजारमा मानिसहरुको भिडभाड निकै हुने गरेको छ।

यस्तो भिडमा कोरोना संक्रमण अझ तीव्र रुपमा फैलिने खतरा बढेको छ। आम नागरिक आफैँ सचेत नहुने हो भने कोरोना संक्रमणको गति अझै तीव्र रुपमा बढ्ने पक्का छ।



ट्रेन्डिङ पोस्ट

Ncell