PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

कोरोना संक्रमित बढेपछि गोदावरी नगरपालिका एक हप्ताका लागि बन्द गर्ने निर्णय



रासस

कोरोना संक्रमित बढेपछि गोदावरी नगरपालिका एक हप्ताका लागि बन्द गर्ने निर्णय

ललितपुर : गोदावरी नगरपालिका आउँदो आइतवारदेखि एक हप्ताका लागि बन्द हुने भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले शुक्रवार सूचना जारी गर्दै नगरपालिकामा दिनानुदिन कोरोना संक्रमितको संख्या उच्च दरले बढ्दै गइरहेकाले सो निर्णय गरिएको जानकारी दिए।

उक्त सूचनामा नेपाल सरकारले अत्यावश्यक सेवा भनी राजपत्रमा प्रकाशन गरेका सेवा मात्र सञ्चालनमा रहने जानकारी दिइएको छ।

यसैबीच, गोदावरीमा शुक्रवारसम्म कोरोना संक्रमितको कुल संख्या २८२, डिस्चार्ज भएका १४६, होम आइसोलेसनमा रहेका १२१, अस्पतालमा उपचार भइरहेका ६, नगरपालिकाको बडिखेल आइसोलेसनमा ६ र संक्रमणबाट मृत्यु भएका तीन जना रहेको नगरपालिकाले जनाएको छ।

यही असोज २० गते गोदावरीका नगर प्रमुख गजेन्द्र महर्जन पनि १६ औँ दिनमा कोरोना संक्रमणमुक्त भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell