PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

डा. केसी पक्ष र सरकारी वार्ता टोलीबीच जुटेन सहमति, अर्को वार्ताको मिति भएन तय



पहिलोपोस्ट

डा. केसी पक्ष र सरकारी वार्ता टोलीबीच जुटेन सहमति, अर्को वार्ताको मिति भएन तय

काठमाडौँः सरकार र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ। केसी पक्षले सरकार मागप्रति जिम्मेवार नभएकाले वार्ता टुंगोमा नपुगेको आरोप लगाएको छ। सरकार मागप्रति जिम्मेवार नरहेकाले डा. केसीको जीवन रक्षाका लागि आन्दोलनको अपिल पनि केसी पक्षले चिकित्सक संघ लगायतलाई आग्रह गरेको छ। 

शुक्रबार अबेर रातिसम्म भएको वार्तामा कुनै पनि सहमति नजुटेको हो। यस्तै, वार्ताको अर्को समय पनि तय नभएको वार्तामा संलग्न एक सदस्यले बताए। 

शुक्रबार वार्ताका क्रममा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीले सहमतिको मस्यौदा पेस गरेका थिए। तर मस्यौदामा राजनीतिक तहबाट स्पष्ट निर्देशन नमिलेपछि टुंगोमा पुग्न नसकेको हो। 

यसैबीच केसी पक्षबाट वार्ताको नेतृत्व गरिरहेका संयोजक डा. जीवन क्षेत्रीले अनन्तकालसम्म वार्ता लम्ब्याएर सरकारले डा केसीको जीवनमा खेलबाड गर्न चाहेको आरोप लगाएका छन्। टोलीका तर्फबाट वक्तव्य जारी गर्दै क्षेत्रीले केसीको जीवन रक्षाका लागि आन्दोलनमा उत्रने चिकित्सक संघ लगायतका संस्थालाई आग्रह पनि गरेका छन्। 

यसअघिका सहमति कार्यान्वयनको माग राख्‍दै डा. केसी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell