PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

एक महिनापछि भारतमा एक्टिभ केस ९ लाख मुनि



पहिलोपोस्ट

एक महिनापछि भारतमा एक्टिभ केस ९ लाख मुनि

नयाँ दिल्ली : भारतमा एक महिनापछि एक्टिभ केसी ९ लाखभन्दा तल झरेको छ। भारतमा अझै पनि दैनिक ७० हजारभन्दा धेरैमा कोभिड १९ का संक्रमित फेला परिरहेका छन् र कतिपय राज्यमा जोखिम थप बढिरहेको छ।

बिहीवारको परीक्षणमा ७० हजार ४ सय ९६ नयाँ केस थपिँदा डिस्चार्ज हुने संक्रमितको संख्या ७८ हजार ३ सय ६५ रह्यो। एक महिना पछि भारतमा संक्रमणको एक्टिभ केस ८ लाख ९३ हजार रहेको छ।

पछिल्लो तीन सातामा औशत केसहरु थपिने क्रम पनि केही कम हुन थालेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell