PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

फ्रेन्च ओपनको फाइनलमा राफेल नाडाल र नोभाक जोकोविच भिड्ने



पहिलोपोस्ट

फ्रेन्च ओपनको फाइनलमा राफेल नाडाल र नोभाक जोकोविच भिड्ने

फ्रेन्च ओपनको पुरुषतर्फ सिङ्गलमा राफेल नाडाल र नोभाक जोकोविचले फाइनलमा स्थान बनाएका छन्। अर्जेन्टिनमा डिएगो श्वाटर्जमेनलाई नाडालले र स्टेफानोसलाई जोकोविचले सेमिफाइनलमा हराउँदै फाइनलको यात्रा तय गरेका हुन्।

फाइनल प्रवेशका लागि विश्व नम्बर २ नाडालले श्वाटर्जमेनलाई ६-३, ६-३, ७-६ (0) ले हराए। त्यस्तै विश्व नम्बर १ जोकोविचले स्टेफानोस सिटसिपासलाई ६-३, ६-२, ५-७, ४-६, ६-१ ले हराए।

प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell