PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

जुवा खेलिरहेको अवस्थामा ६ जना समातिए



पहिलोपोस्ट

जुवा खेलिरहेको अवस्थामा ६ जना समातिए

काठमाडौंः प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शुक्रवार राति मोरङको बेलवारी नगरपालिका वडा नम्वर ४ गर्जुराम टोलमा अशोक राईको घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले बेलवारी नगरपालिका ३ का ४० वर्षीय रित गुरुङ, सुजय गौतम, चन्द्र लिम्बु, धर्मेन्द्र राई, प्रदिप तामाङ र पर्शराम भुजेललाई नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकरी दिए।

उनीहरुको साथबाट प्रहरीले दुई लाख त्रिपन्न हजार रुपैयाँ पैसा समेत बरामद गरेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell