PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोभिड-१९ अपडेट : ११ जनाको परीक्षण गर्दा एक संक्रमित, संक्रमितको संख्या लाख कट्दा उपत्यकामै ३७ हजार बढी



विधुर ढकाल

कोभिड-१९ अपडेट : ११ जनाको परीक्षण गर्दा एक संक्रमित, संक्रमितको संख्या लाख कट्दा उपत्यकामै ३७ हजार बढी

काठमाडौं : नेपालमा कोभिड-१९ संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। कोभिड—१९ संक्रमण बढी हुने मुलुकको सूचीमा ४३ औं स्थानमा पुगेको नेपालले चीन र जापानलाईसमेत उछिनेको छ।

हाल प्रति ११.३७  जनाको नमुना परीक्षण गर्दा १ जना संक्रमित पहिचान भएका छन्। हालसम्म ११ लाख ४५ हजार २३७ जनाको नमुना परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। कुल परीक्षणको ८.७९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

संक्रमितको संख्या एक लाख ६७६ पुग्दा सबैभन्दा बढी प्रभावित उपत्यका भएको देखिन्छ।

हालसम्म कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा  मात्र ३७.४४ प्रतिशत संक्रमित पहिचान भएका छन्।  काठमाडौं उपत्यकाका तीन जिल्लामा ३७ हजार ७०० संक्रमित पहिचान भएका छन्।

जसमध्ये १८६ जनाको मृत्यु भइसकेको छ। जुन उपत्यकामा पुष्टि भएका संक्रमितको ०.४९ प्रतिशत हो।  जसमध्ये काठमाडौं जिल्लामा मात्र १२६ जना संक्रमितको मृत्यु भइसकेको छ। त्यस्तै ललितपुरमा ३५ र भक्तपुरमा २५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

हाल उपत्यकामा मात्र १६ हजार ३९ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। उपत्यकामा पुष्टि भएकाहरु संक्रमितको ४२ प्रतिशत हो।

हाल नेपालभर कुल संक्रमितको २६.९ प्रतिशतमात्र सक्रिय संक्रमित छन्। उपत्यका बाहेकका बाहिरी जिल्लामा सक्रिय संक्रमित घट्दै गए पनि उपत्यकामा भने बढ्दै गएको तथ्यांकले देखाउँछ। नेपालमा हाल २७ हजार ५३ सक्रिय संक्रमित छन्। जसमध्ये ५९.२८ प्रतिशत उपत्यकाका तीन जिल्लामा मात्र छन्। काठमाडौं जिल्लामा हाल १२ हजार ९२२ सक्रिय संक्रमित छन्। त्यस्तै ललितपुरमा १ हजार ९९६ र भक्तपुर जिल्लामा १ हजार १२१ सक्रिय संक्रमित छन्।

८ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित

उपत्यका तीन जिल्लाबाहेक थप पाँच जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन्। प्रदेश १ को सुनसरी र मोरङ, बागमतीका उपत्यकाका तीन जिल्लासहित चितवन, लुम्बिनीको रुपन्देही र कर्णालीको सुर्खेतमा ५ बढी संक्रमित छन्।

जसमध्ये पाँच जिल्लामा  एक हजार बढी सक्रिय संक्रमित छन्। उपत्यकाका तीन जिल्ला बाहेक मोरङका एक हजार ६२९ र रुपन्देहीमा एक हजार २२ सक्रिय संक्रमित छन्।

सुनसरीमा ८९०, चितवनमा ८८२ र सुर्खेतमा ५६५ सक्रिय संक्रमित रहेका छन्।

हाल दुई वटा जिल्लामा मात्र सून्य सक्रिय संक्रमित छन्। त्यस्तै ३७ जिल्लामा ५० भन्दा कम सक्रिय संक्रमित छन्। ५१ देखि २०० सम्म सक्रिय संक्रमित रहेका जिल्ला २३ छन्। त्यस्तै २०१ देखि ५०० सम्म भएका जिल्लाहरु ७ वटा छन्।

४५ प्रतिशत संक्रमित बागमतीमा

हालसम्म संक्रमण पुष्टि भएका मध्ये सबैभन्दा बढी बागमतीमा छन्। बागमतीमा कुल ‌ संक्रमितको ४४.५७ प्रतिशतमा छन्। बागमतीमा ४४ हजार ८७४ जना संक्रमण पुष्टि हुँदा सबैभन्दा कम कर्णालीमा चार हजार १४६ जनामा संक्रमण पुष्टि भएको छ।

सक्रिय संक्रमित

प्रदेशगत मृत्युको विवरण



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell