PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

माइतीघरमा युवाहरुको चिच्याहट : वी आर अगेन्स्ट द रेप, प्लेकार्डमा प्रश्न सरकार कहाँ छ?

माइतीघरमा युवाहरुको चिच्याहट : वी आर अगेन्स्ट द रेप, प्लेकार्डमा प्रश्न सरकार कहाँ छ?

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : पछिल्ला दिनहरु बलात्कारका घटना लगातार बढिरहेपछि एउटा असंगठित समूहले आज राजधानीको माइतीघरमा प्रदर्शन गर्‍यो। बलात्कार लगायतका विषयमा सरकार कठोर बन्न नसकेको भन्दै उनीहरु माइतीघर मण्डलमा भेला भए।

विभिन्न कलेजमा अध्ययनरत युवाहरु फेसबुकबाट आजको अभियानमा जुटेका थिए। 'वी आर अगेन्स्ट द रेप' भन्दै जोडिएका उनीहरुले प्ले कार्ड देखाउँदै सरकारलाई झक्झक्याउने प्रयास गरेका हुन्। उनीहरुले 'राष्ट्रपति महिला होइनन् र?', 'सरकार कहाँ छ?', 'सरकार भेटियो, न्याय भेटिएन' 'इनफ इज इनफ' लेखिएका प्लेकार्ड बोकेका थिए।

दुई घन्टा लगातार धर्नमा बसेका उनीहरुले चिच्याउँदै गुहार पनि लगाए। बलात्कारविरुद्धको यो अभियानमा उनीहरुले चर्का नाराबाजी गरेका थिए। बलात्कार विरुद्धको अभियानमा हेर्नुस् युवाको अभियान यस्तो देखियो -



ट्रेन्डिङ पोस्ट

Ncell