PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

ओली-प्रचण्ड छलफल, निस्केन कुनै निष्कर्ष



पहिलोपोस्ट

ओली-प्रचण्ड छलफल, निस्केन कुनै निष्कर्ष

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल आज पनि निष्कर्षबिना नै सकिएको छ। शनिवार दिउँसो बालुवाटारमा भएको छलफलले कुनै ठस परिणाम दिन सकेन। 

केही समययता प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल गरिरहेका छन्। तर, भेटवार्ता निष्कर्षबिहीन टुंगिने गरेको छ। आज पनि पार्टी एकताकै विषयमा छलफल भएकाे प्रचण्डका प्रेस संयाेजक विष्णु  सापकाेटाले जानकारी दिए।

गत असोज ६ गते बसेको सचिवालय बैठकले पार्टी एकताका कामलाई पूर्णता दिने विषयमा प्रस्ताव ल्याउने जिम्मेवारी अध्यक्षद्वय र महासचिवलाई दिएको थियो। १० दिनभित्र एकताको प्रस्ताव ल्याउने जिम्मेवारी दिए पनि अझैसम्म प्रस्ताव तयार भइनसकेको नेताहरु बताउँछन्।

त्यस्तै, ४ गतेको बैठकले मन्त्रिपरिषद् पुनर्गठनका विकल्पका विषयमा छलफल गरेको थियो। पुनर्गठनका विषयमा सहमति नभएकाले अहिले रिक्त मन्त्रालयहरुमा मात्र मन्त्री नियुक्ति गर्ने गृहकार्य भइरहेको छ।

हाल अर्थ, सञ्चार र शहरी विकास मन्त्रालय रिक्त छ। ती मन्त्रालयमा कसलाई मन्त्री बनाउने भन्ने विषयमा दुई अध्यक्षबीच सहमति जुट्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell