काठमाडौं : पछिल्लो २४ घण्टामा ६८ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्।
देशभरका प्रयोगशालामा भएको १९ हजार ३२० नमुना परीक्षणका क्रममा एक हजार ८२३ महिला र तीन हजार १८५ पुरुष गरी पाँच हजार ८ जनामा संक्रमण पुष्टि भएको हो। जुन कुल परीक्षणको २५.९२ प्रतिशत अर्थात ३.८५ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो।
उपत्यकामा २६७२
यसैबीच काठमाडौं उपत्यकामा मात्र दुई हजार ६७२ जना संक्रमित पहिचान भएका छन्। जुन कुल संक्रमितको ५३.३५ प्रतिशत हो।
संक्रमित मध्ये काठमाडौं जिल्लामा मात्र दुई हजार १०० जना छन्। काठमाडौंमा ८५० महिला र १ हजार २५० पुरुषमा संक्रमण पुष्टि भएको छ। त्यस्तै, ललितपुरमा १५९ महिला र २१० पुरुष गरी ३६९ जना संक्रमित पहिचान भएका छन्। भक्तपुर जिल्लामा ८३ महिला र ११९ पुरुष गरी २०३ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि भएकामध्ये वाग्मती प्रदेशका मात्र तीन हजार ५६ जना छन्। वाग्मतीमा उपत्यकामा दुई हजार ६७२ सहित चितवन जिल्लामा १४७, मकवानपुरमा ५४ तथा सिन्धुलीमा ४८ जना छन्। वाग्मती प्रदेशका सबै १३ जिल्लामा संक्रमित पहिचान भएका छन्।
त्यस्तै, प्रदेश १ मा ८५४ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये सुनसरीमा २९४ र मोरङमा ३६९ जनामा संक्रमण पुष्टि भएको छ।
लुम्बिनी प्रदेशमा ५०८ जनामा संक्रमण पुष्टि भएको छ। लुम्बिनीका सबै १२ जिल्लामा संक्रमित पहिचान भएका छन्। जसमध्ये रुपन्देही जिल्लामा मात्र २१५ जना छन्।
त्यस्तै, गण्डकी प्रदेशमा १९८ जना संक्रमित पहिचान भएका छन्। गण्डकीका ९ जिल्ला मध्ये सबैभन्दा बढी तनहुँमा ५५ जना संक्रमित पहिचान भएका छन्। कास्कीमा ५१ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, कर्णाली प्रदेशमा १७६ जना संक्रमित पहिचान भएका छन्। कर्णालीका ६ जिल्लामा संक्रमण पुष्टि हुँदा सुर्खेतमा मात्र १३४ जना छन्। त्यस्तै, प्रदेश २ का सबै जिल्लामा १२८ जना संक्रमित पहिचान भएका छन् भने सुदूरपश्चिममा ८८ जना संक्रमित पहिचान भएका छन्।

