PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

डा केसीलाई अनशन अन्त्य गर्न सरकारी वार्ता टोलीको अनुराेध



पहिलोपोस्ट

डा केसीलाई अनशन अन्त्य गर्न सरकारी वार्ता टोलीको अनुराेध

काठमाडौं : सरकारले डा गोविन्द केसीलाई फेरि पुरानो कुरा दोहोर्‍याउदै अनशन तोड्न आग्रह गरेको छ। डा केसीले उठाएका मुद्दाहरु संवोधनको क्रममा रहेको उल्लेख गर्दै कोभिड-१९ को विषम परिस्थितिमा अनशन अन्य गर्न आग्रह गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित वार्ता टोलीका संयोजक गोपी मैनालीले विज्ञप्ती जारी गर्दै  केसीलाई अनशन स्थगित गर्न अनुरोध गरेका हुन्।

‘विषम परिस्थितिलाई आत्मसात गर्दै अनशन अन्त्य गर्न वार्ता समिति विनम्र पूर्वक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

बिहीवार र शुक्रवार केसी पक्षसँग सरकारी टोलीले वार्ता गरेको थियो। शुक्रवार राति डा केसीको पक्षका वार्ता टोलीसँग बिना निर्ष्कष वार्ता टुंगिएको थियो।

वार्ताका क्रममा केसीका मागबारे सरकारको धारणा स्पष्ट पारिएको मैनालीले बताएका छन्। डा केसी विभिन्न माग राख्दै २६ दिनदेखि अनशनमा छन्। यसअघि सरकारका प्रवक्ता तथा पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अनशन अन्त्य गर्न आग्रह गरेका थिए ।

यस्ताे छ विज्ञप्ति

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell