PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

कोलकताले पञ्जाबलाई दियो १ सय ६५ रनको लक्ष्य, शुभमन गिल र दिनेश कार्तिकको अर्धशतक



पहिलोपोस्ट

कोलकताले पञ्जाबलाई दियो १ सय ६५ रनको लक्ष्य, शुभमन गिल र दिनेश कार्तिकको अर्धशतक
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा कोलकता नाइट राइडर्सले किंग्स ११ पञ्जाबलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। शेख जायेद स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको हो।

कोलकताका लागि कप्तान दिनेश कार्तिकले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ५८ रन बनाउँदा शुभमन गिलले ५७ रनको योगदान दिए। त्यसबाहेक इयोन मोर्गनको २४ रन महत्वपूर्ण रह्यो।

उता पञ्जाबका लागि मोहम्मद शमी, अर्सदीप सिंह र रबि बिश्नोइले समान १/१ विकेट लिए।

पञ्जाब केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell