PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

नो मिन्स नो : 'अझै कति दिन सहने' भन्दै माइतीघरमा यौन हिंसाविरुद्ध ‘फ्ल्यास मब’

नो मिन्स नो : 'अझै कति दिन सहने' भन्दै माइतीघरमा यौन हिंसाविरुद्ध ‘फ्ल्यास मब’

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : शनिवार साँझ माइतीघरमा महिला हिंसा तथा बलात्कारविरुद्ध ‘फ्ल्यास मब’को आयोजना गरिएको छ। ‘#अझै कति दिन सहने?’ नामक समूहको आयोजनामा सो ‘फ्ल्यास मब’को आयोजना गरिएको हो।

पछिल्लो समय बलात्कारका घटना लगातार बढिरहेको भन्दै त्यसको विरुद्धमा सो प्रदर्शनको आयोजना गरिएको हो। बलात्कार लगायतका विषयमा सरकार कठोर बन्न ‘फ्ल्यास मब’का सहभागीको माग थियो।

कालो कपडा लगाएर ‘फ्ल्यास मब’मा सहभागी भएकाहरुले ‘नो मिन्स नो’, ‘इट वाजन्ट हर ड्रेस, इट वाज योर इभिल माइन्ड’, ‘हामी चुप कहिलेसम्म?’, ‘बुबा, काका, मामा, दाजुदेखि पनि होसियार!!!’ लेखिएका प्लेकार्ड बोकेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell