इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा कोलकता नाइट राइडर्सले किंग्स ११ पञ्जाबमाथि रोमाञ्चक जित निकालेको छ। आज सम्पन्न पहिलो खेलमा पञ्जाबले कोलकतामाथि २ रनको साँघुरो जित निकालेको हो।
शेख जायेद स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।
कोलकताका लागि कप्तान दिनेश कार्तिकले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ५८ रन बनाउँदा शुभमन गिलले ५७ रनको योगदान दिए। त्यसबाहेक इयोन मोर्गनको २४ रन महत्वपूर्ण रह्यो।
उता पञ्जाबका लागि मोहम्मद शमी, अर्सदीप सिंह र रबि बिश्नोइले समान १/१ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनायो।
जसका लागि कप्तान केएल राहुलले सर्वाधिक ७४ रन बनाउँदा मयंक अग्रवालले ५६ रन जोडे। त्यस्तै निकोलस पुरनले १६ रन जोडे।
कोलकताका लागि प्रसिद कृष्णले ३ विकेट लिँदा सुनिल नारेनले २ विकेट लिए।
आजै हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र चेन्नइ सुपरकिंग्स भिड्दै छन्।
