PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

कोरोना भाइरस संक्रमणका कारण भरतपुर अस्पतालमा एक पुरुषको मृत्यु



पहिलोपोस्ट

कोरोना भाइरस संक्रमणका कारण भरतपुर अस्पतालमा एक पुरुषको मृत्यु

काठमाडौं : चितवनमा कोरोना भाइरस संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-१ बस्ने ४७ वर्षीय पुरुषको उपचारका क्रममा शनिवार भरतपुर अस्पतालमा मृत्यु भएको हो।

उनी शुक्रवार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई अस्पतालमा भर्ना भएका थिए। उनलाई शुक्रवारनै कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसीयूमा राखेर उपचार गरिएकोमा शनिवार साँझ ६:३० वजे मृत्यु भएको अस्पतालको भनाइ छ। स्वास्थ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै पनि उनको मृत्यु भएको अस्पतालले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell