A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.69976d828d4387.77977865): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.69976d828d4387.77977865,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सुनसरीका ३१० जनासहित प्रदेश १ मा ५५२ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

सुनसरीका ३१० जनासहित प्रदेश १ मा ५५२ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु



फूलमाया पुरी

सुनसरीका ३१० जनासहित प्रदेश १ मा ५५२ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा शनिवार एकैदिन ५५२ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश १ मा शनिवार अहिलेसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिएका हुन्।

योसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ९ हजार ८९२ पुगेको छ। शनिवार सुनसरीमा मात्र ३१० जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, मोरङमा १९०, झापामा २६, उदयपुरमा ५, धनकुटा र संखुवासभामा ४/४, खोटाङ, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १/१ र प्रदेश १ बाहिरका ९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीको धरान उपमहानगरपालिकामा मात्रै २२० जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ९१ महिला र १२९ पुरुष छन्। त्यस्तै, इटहरीमा ५०, इनरुवामा २१, दुहवीमा ७, रामधुनीमा ६, बराहक्षेत्रमा ३, देवानगञ्ज, भोक्राहानरसिंह र गढीमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यता मोरङको विराटनगर महानगरपालिकामा १४५ जना संक्रमित भएका छन्। त्यस्तै, बुढीगंगामा १३, सुन्दरहैचामा १४, कटहरी, धनपालथान र उर्लाबारीमा ३/३, रंगेली, पथरीशनिश्चरे, ग्रामथानमा २/२, केराबारीमा १ र स्थानीय तह नखुलेका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरी, झापाको विर्तामोडमा ८, दमकमा ७, मेचीनगरमा ६, भद्रपुरमा ३, कनकाई र गौरादहमा १/१, उदयपुरमा त्रियुगामा ४, स्थानीय तह नखुलेका १, धनकुटाको साँधुरीगढीमा ३, स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ४ जनाको शनिवार नै पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

खोटाङको खोटेहाङमा १, इलामको इलाममा १, ताप्लेजुङमा १ र ओखलढुङ्गामा १ जना र प्रदेश १ बाहिरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शनिवार ११ जना डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ७८६ पुगेको छ।

प्रदेश १ मा शनिवार १ हजार ६४२ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १९४ महिला र ३५८ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। प्रदेश १ मा हालसम्म १ लाख ३६ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टाभित्र दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका-५ की कोरोना संक्रमित महिलाको मोरङस्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको कोभिड आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो।

६४ वर्षीया ती महिलाको शनिवार बिहान १०:४० बजे मृत्यु भएको आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए।

त्यस्तै, मोरङको पथरीशनिश्चरे नगरपालिकाकी एक वृद्दाको पनि पछिल्लो २४ घण्टाभित्रै कोरोना संक्रमणबाट मृत्यु भएको छ। विराटनगरस्थित न्यूरो अस्पतालको कोभिड आइसोलेसनमा उपचाररत ९३ वर्षीया संक्रमित महिलाको मृत्यु भएको अस्पतालका प्रशासक अधिकृत शुरेश आचार्यले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell