PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कोहलीको उत्कृष्ट प्रदर्शनमा बेङ्ग्लोरले चेन्नइलाई दियो १ सय ७० रनको लक्ष्य



पहिलोपोस्ट

कोहलीको उत्कृष्ट प्रदर्शनमा बेङ्ग्लोरले चेन्नइलाई दियो १ सय ७० रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चेन्नइ सुपरकिंग्सलाई १७० रनको लक्ष्य दिएको छ।

दुबई इन्टरनेसनल स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको हो।

बेङ्ग्लोरका लागि कप्तान बिराट कोहलीले सर्वाधिक अभिजित ९० रन बनाउँदा देवद्त्त पार्डिकलले ३३ रन बनाए। त्यस्तै शिवम दुबे २२ रनमा अभिजित रहे।

चेन्नइका लागि सार्दुल २ विकेट लिँदा दीपक चाहर र साम करनले १ विकेट लिए।

चेन्नइ केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell