PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

घरायसी विवाद हुँदा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ



रासस

घरायसी विवाद हुँदा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

झापा : कमल गाउँपालिका-२ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापाले शनिवार साँझ श्रीमतीको हत्या गरेका छन्। उनले घरायसी विवाद हुँदा २४ वर्षीया श्रीमती रीता थापाको घाटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घटनाबारे थाहा पाउने वित्तिकै घटनास्थल पुगेको तोपगाछी प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई घटनास्थलबाटै पक्राउ गरेको हो। प्रहरीले अभियुक्त रामजीलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।

प्रहरीले उनले श्रीमतीको हत्यामा प्रयोग गरेको खुकरी समेत नियन्त्रणमा लिएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell