PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

चेन्नइविरुद्ध बेङ्ग्लोरले निकाल्यो महत्वपूर्ण जित



पहिलोपोस्ट

चेन्नइविरुद्ध बेङ्ग्लोरले निकाल्यो महत्वपूर्ण जित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चेन्नइ सुपरकिंग्सलाई पराजित गरेको छ। दुबई इन्टरनेसनल स्टेडियममा भएको खेलमा बेङ्ग्लोरले चेन्नइलाई ३७ रनले हराएको हो।

१७० रनको लक्ष्य पछ्याएको चेन्नइले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सक्यो।

चेन्नइका लागि अम्बाती रायुडुले सर्वाधिक ४२ रन जोडे पनि जितको लागि पर्याप्त रहेन। त्यस्तै, नारायण जगदीसनले ३३, शेन वाटसनले १४ तथा कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए।

बेङ्ग्लोरलाई जिताउन क्रिस मोरिसले ३, वासिङटन सुन्दरले २ तथा इसुरु उडाना र युजभेन्द्र चहलले १/१ विकेट लिए।

यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको थियो।

बेङ्ग्लोरका लागि कप्तान बिराट कोहलीले सर्वाधिक अभिजित ९० रन बनाउँदा देवद्त्त पार्डिकलले ३३ रन बनाए। त्यस्तै शिवम दुबे २२ रनमा अभिजित रहे।

चेन्नइका लागि सार्दुल २ विकेट लिँदा दीपक चाहर र साम करनले १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell