PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

नेशन्स लिग: युक्रेनमाथि जर्मनीको जित



पहिलोपोस्ट

नेशन्स लिग: युक्रेनमाथि जर्मनीको जित

युईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको समूह डी को खेलमा जर्मनीले युक्रेनमाथि जित निकालेको छ। युक्रेनमा भएको खेलमा जर्मनीले घरेलु टोलीलाई २-१ ले हराएको हो।

जर्मनीको जितमा म्याथियस गिन्टर र लिओन गोरेट्जकाले गोल गरे। युक्रेनका लागि रुस्लान मालिनोभ्स्कीले सान्त्वना गोल गरे।

जिन्टरको गोलमा जर्मनीले खेलको खेलको २० औं मिनेटमै अग्रता बनाएको थियो। पहिलो हाफमा १ गोलले अघि रहेको जर्मनीका लागि दोस्रो हाफमा गोरेट्ज्काले अर्को गोल गरे। उनले ४९ औं मिनेटमा गोल गर्दा घरेलु टोलीका लागि मालिनोभ्स्कीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै ७६ औं मिनेटमा गोल गरे।

समूहमा लगातार दुई खेल बराबरी खेलेको जर्मनीको यो पहिलो जित हो।

समूह डी मा जर्मनीसहित युक्रेन, स्वीजरल्याण्ड र स्पेन छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell